
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पतालका निर्देशक डा. मंगल रावल नियुक्त हुनुभएको छ ।
प्रतिष्ठान जुम्लाका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले डा. रावललाई सोमबार निमित्त उपकुलपतिको जिम्मेवारी दिनुभएको हो ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्र वाग्लेको चार वर्षीय पदावधि सकिएपछि सो पद आइतबारदेखि खाली भएको थियो ।
चार वर्ष अघिदेखि प्रतिष्ठानमा काम गर्दै आएका हुम्ला निवासी हाडजोर्नी विशेषज्ञ तथा एशोसिएट प्रोफेसर डा. रावल डेढ वर्षदेखि अस्पताल निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


