जनस्वास्थ्य सरोकार । इङ्ग्ल्यान्डको एउटा अध्ययनले अक्सफर्ड-आस्ट्राजेनेका अथवा फाइजर-बायोएनटेकको खोप एक मात्रा मात्रै लगाए पनि अस्पताल भर्ना भएरै उपचार गराउनुपर्ने आवश्यकता ८० प्रतिशतभन्दा बढीले कम हुने देखाएको छ।
जनस्वास्थ्यसम्बन्धी अध्ययन गर्ने पब्लिक हेल्थ इङ्ग्ल्याण्डले खोप लगाएको तीनदेखि चार हप्तामा असर देखिने जनाएको छ।
असी वर्ष उमेर नाघेका र पहिलो खोप लगाएका मानिसहरूमा यो अध्ययन गरिएको हो।
सरकारी वैज्ञानिकले यो अध्ययन गरे पनि उनीहरूले उत्कृष्ट परिणामका लागि भने खोपको दुवै मात्रा लगाउन आवश्यक रहेकोमा जोड दिएका छन्।
स्कटल्यान्डको स्वास्थ्य अधिकारीहरूले उस्तै खाले नतिजा सार्वजनिक गरेको एक सातापछि इङ्ग्ल्यान्डको अध्ययन सार्वजनिक भएको हो।
प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


