जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
हालसम्म नेपालमा कोरोना पोजेटिभ पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार दुई सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज थप ७२ जना कोरोनामुक्त भएका छन । योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार पाँच सय ४३ पुगेको छ । अहिले नौ सय ७४ जना आइसोलेशनमा रहेका छन् ।
कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा दुई हजार सात सय ७७ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


