जनस्वस्थ्य सरोकार, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटललाई सम्बन्धन दिने प्रकृया अघि बढिसकेको बताउनुभएको छ ।

उहाँले बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन गर्दै केही समयभित्रमै कलेजले सम्बनध पाउने र सम्बन्धनको कार्य अघि बढेको बताउनुभयो । उहाँले बीएण्डसीको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिन काम अघि बढिसकेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले उद्यमी दुर्गा प्रसाईंले निजी लगानीमा सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पताल विश्वस्तरकै अत्याधुनिक भएको तथा यसमा अत्याधुनिक उपकरण र दक्ष जनशक्ति रहेको भनी प्रशंसा गर्दै विश्वस्तरको अस्पतालबाट जनताले सस्तो र सुलभ मूल्यमा उपचार पाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सो अस्पतालले अन्य देशका भन्दा सस्तो र भरपर्दो उपचार दिने हुँदा विदेशीसमेत आउने अपेक्षा व्यक्त गर्नुभयो । अर्को प्रसङ्गमा उहाँले प्रसाईँले मार्सी चामलाई ब्रान्ड बनाइदिएको तथा चाँडै मार्सी बियर बजारमा ल्याउने तयारी गरेको जानकारी आफूले पाएको बताउनुभयो ।
प्रधानमन्त्रीले देशलाई अस्पताल र मेडिकल कलेजहरु, इन्जिनियरिङ कलेजहरु प्राविधिक शिक्षालयहरु चाहिएको भन्दै सरकार कम्तिमा सबै जिल्लाहरुमा प्राविधि क्याम्पसहरु सञ्चालन गर्ने तयारीमा जुटेको बताउनुभयो । प्रधानमन्त्रीले देशलाई निरोगी जनताको देश बनाउने महाअभियानमा हिँडेको भन्दै सरकारले यसका लागि एकै समयमा ३०९ अस्पतालको शिल्यान्यास गरिसकेको बताउनुभयो ।

उहाँले अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले मार्सी चामलाई ब्रान्ड बनाइदिएको तथा चाँडै मार्सी बियर बजारमा ल्याउने तयारी गरेको जानकारी दिदै नराम्रो नाममा ब्राण्ड बन्नु सकारात्मक भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले राजनीतिक प्रसङ्गमा आफूलाई कसैले हटाउन सक्छ भने हटाएर देखाउन चुनौती दिनुभयो । उहाँले भन्नुभयो—‘तत्काल कसैले हटाउन सक्छ भने हटाएर देखाओस्, डेढ–दुई वर्षपछि चुनाव आउँछ, जनताले दुई तिहाइ बहुमत दिएर सिंहदरबार पठाउँछन् ।’ उहाँले यही फागुन २३ गते प्रतिनिधिसभा अधिवेशन बोलाइएको हुँदा सर्वोच्च अदालतको फैसलाको समेत परीक्षण हुने बताउनुभयो ।
कार्यक्रममा सरकारका महाधिवक्ता अग्नि खरेलले संविधानमा लेखेर मात्रै समृद्धि नआउने यसका लागि निजि क्षेत्रको समेत सहभागिता रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विएण्डसी अस्पतालका प्रबन्ध निर्देशक दुर्गा प्रसाईले आफुले राजनीतिक कारण लामो समयसम्म बीएण्डसी मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले अनुमति नपाएको भन्दै सबै प्रक्रिया पुर्याएर पनि सम्बन्धन नपाएको र विभिन्न मिडियामा समेत आरोपको सामना गर्नुपरिरहेको बताउनुभयो । प्रसाईले मिडियामा खेपेका आलोचनाका शब्दबाटै मार्सी बियर, माफिया ह्विस्की र डन इनर्जी. ड्रिङ्सको उत्पादन समेत सुरु गरिसकिएको बताउनुभयो ।

मेडिकल कलेजका प्रिन्सिपल एवं वरिष्ठ रेडियोलोजिष्ट डा. उमेश शर्माले मेडिकल शिक्षाको गुणस्तरीयतामा जोड दिँदै अस्पतालले उत्कृष्ट सेवा दिँदै आएको बताउनुभयो ।
यस्तै अस्पतालका मेडिकल डाइरेक्टर एवं वरिष्ठ मेडिकल अंकोलोजिष्ट डा. बीरेन्द्रकुमार यादवले नेपालमा पहिलो पटक अन्र्तर्राष्टियस्तरको क्यान्सर अस्पताल बनाउन सफल भएको भन्दै सुलभ रुपमा सेवा लिन आग्रह गर्नुभयो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३


