
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर प्रचण्डले केही समयअघि खोप लगाउनुभएको हो ।
यस्तै, प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, नेता लालबाबु पण्डित लगायतले खोप लगाइसक्नुभएको छ ।
आज प्रतिनिधि सभा र राष्ट्रियसभाका सबै सांसद्हरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा आज दिउँसो ४ बजेसम्म सांसद्हरुलाई कोरोनाविरुद्धको खोप लगाइने छ।
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


