
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सुख्खा फलमा समावेश किसमिस अङ्गुरलाई सुकाएर तयार गरिन्छ । यसमा अङ्गुरको सबै गुण पाईन्छ । किसमिसको प्रयोग हाम्रो स्वास्थ्यको लागि धेरै फाईदाजनक छ ।
किसमिसमा आइरन, पोटासियम ,क्याल्सियम , म्याग्नेसियम र फाईबर जस्ता तत्व भरपूर मात्रामा पाईन्छ । साथै यसमा दुधमा भएको सबै तत्व पाईन्छ । आज हामी तपाइँलाई किसमिसको पानीले हाम्रो स्वास्थ्यमा पुर्याउने फाईदाबारे जानकारी दिन्छौं ।
तयार गर्ने विधि
सबैभन्दा पहिला एउटा भाँडोमा पानी हाली किसमिसलाई मिसाएर २० मिनेटसम्म उमाल्नुहोस् । त्यसपछि यसलाई रातभरि त्यसै छोडेर राख्नुहोस् । त्यसपछि बिहान यस पानीलाई पिउनुहोस् । यसबाट तपाइँलाई अनेक किसीमको स्वास्थ्यसम्बन्धि लाभ मिल्दछ । जुन निम्नानुसार छ ।
फाईदाहरु
१. यदि तपाइँलाई ज्वरो आएको छ भने , यसको प्रयोग गर्नुहोस् । यसमा भएको एन्टि बायोटिक र एन्टि अक्सिडेन्ट तत्वले ज्वरोलाई हटाउँदछ ।
२. किसमिसको पानीलाई दिनहुँ पिउनाले कोलेस्ट्रोल (बोसो) को मात्रा नियन्त्रण हुन्छ । जुन धेरैजसो मानिसलाई अनियमित रुपमा खाना खाने कारणले गर्दा हुने गर्दछ । त्यसैले यस्को प्रयोग गर्नुहोस्।
३. नियमित रुपमा किसमिसको पानी पिउनाले मृगौला स्वस्थ रहन्छ । र यसले पाचनशक्तिको सुधारमा पनि मद्धत पुर्याउँदछ ।
४. किसमिसले उमेर बढाउनुको साथै छालाको चाउरीपनलाई पनि हटाउँदछ । यसको लागि किसमिसको पानी हरेक बिहान पिउनुहोस् । यसले तपाइँ सधै जवान देख्नुहुनेछ ।
५. कब्जियत , एसिडिटि र थकाई सम्बन्धि समस्याको लागि किसमिसको पानी धेरै नै फाईदाजनक छ । एजेन्सीको सहयोगमा
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

