
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सुख्खा फलमा समावेश किसमिस अङ्गुरलाई सुकाएर तयार गरिन्छ । यसमा अङ्गुरको सबै गुण पाईन्छ । किसमिसको प्रयोग हाम्रो स्वास्थ्यको लागि धेरै फाईदाजनक छ ।
किसमिसमा आइरन, पोटासियम ,क्याल्सियम , म्याग्नेसियम र फाईबर जस्ता तत्व भरपूर मात्रामा पाईन्छ । साथै यसमा दुधमा भएको सबै तत्व पाईन्छ । आज हामी तपाइँलाई किसमिसको पानीले हाम्रो स्वास्थ्यमा पुर्याउने फाईदाबारे जानकारी दिन्छौं ।
तयार गर्ने विधि
सबैभन्दा पहिला एउटा भाँडोमा पानी हाली किसमिसलाई मिसाएर २० मिनेटसम्म उमाल्नुहोस् । त्यसपछि यसलाई रातभरि त्यसै छोडेर राख्नुहोस् । त्यसपछि बिहान यस पानीलाई पिउनुहोस् । यसबाट तपाइँलाई अनेक किसीमको स्वास्थ्यसम्बन्धि लाभ मिल्दछ । जुन निम्नानुसार छ ।
फाईदाहरु
१. यदि तपाइँलाई ज्वरो आएको छ भने , यसको प्रयोग गर्नुहोस् । यसमा भएको एन्टि बायोटिक र एन्टि अक्सिडेन्ट तत्वले ज्वरोलाई हटाउँदछ ।
२. किसमिसको पानीलाई दिनहुँ पिउनाले कोलेस्ट्रोल (बोसो) को मात्रा नियन्त्रण हुन्छ । जुन धेरैजसो मानिसलाई अनियमित रुपमा खाना खाने कारणले गर्दा हुने गर्दछ । त्यसैले यस्को प्रयोग गर्नुहोस्।
३. नियमित रुपमा किसमिसको पानी पिउनाले मृगौला स्वस्थ रहन्छ । र यसले पाचनशक्तिको सुधारमा पनि मद्धत पुर्याउँदछ ।
४. किसमिसले उमेर बढाउनुको साथै छालाको चाउरीपनलाई पनि हटाउँदछ । यसको लागि किसमिसको पानी हरेक बिहान पिउनुहोस् । यसले तपाइँ सधै जवान देख्नुहुनेछ ।
५. कब्जियत , एसिडिटि र थकाई सम्बन्धि समस्याको लागि किसमिसको पानी धेरै नै फाईदाजनक छ । एजेन्सीको सहयोगमा
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
