जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरसविरुद्ध दोस्रो चरणको खोप अभियान आइतबार (आज) देखि सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरण अन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउँदैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप लगाएसँगै दोस्रो चरणको खोप अभियानको सुरुवात भएको हो ।
यो अभियानमा हिमाली जिल्लामा ५५ वर्षमाथि र अरु जिल्लामा ६५ वर्षमाथिकालाई खोप दिने सरकारी योजना छ । यसअघि सबै जिल्लामा ५५ वर्षमाथिकालाई खोप दिने भनिए पनि पर्याप्त खोप नआएका कारण उमेर समूह सीमित गरिएको हो ।
स्वास्थ्य मन्त्रालयले यसपटक करिब १६ लाखले खोप लगाउने अनुमान गरेको छ ।
काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन आएका ६५ वर्षमाथिका जेष्ठ नागरिकहरु उत्साहित हुँदै यसरी खोप लगाउँने पालो कुरिरहेका छन् ।





प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


