जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली। भारतमा गत २४ घण्टामा १८ हजार ७११ जना बिरामी थपिएपछि कोरोना संक्रमितको संख्या १ करोड १२ लाख २९ हजार भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोनाका कारण ९७ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १ लाख ५७ हजार ८३५ जना पुगेको हो ।
हाल यहाँ लाख ८८ हजारभन्दा बढी सक्रिय संक्रिय संक्रमित रहेका छन् भने १ करोड ८ लाख ८२ हजारभन्दा बढी कोराना मुक्त भएका छन्। भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप कार्यक्रम सुरु भएको हो । त्यसैगरी दोस्रो चरणमा ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने कार्यक्रम चलिरहेको छ । गत जनवरी १६ यता २ करोड १० लाख व्यक्तिले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । रासस–सिन्ह्वा
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


