जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घन्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४ हजार ३ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय १० पुगेको छ ।
सोमवार ४२ जना संक्रमित निको भएका छन् । हालसम्म मुलुकभर कोरोना निको हुनेको संख्या २ लाख ७० हजार ९ सय २७ पुगेको छ ।
मुलुकभर सक्रिय संक्रमितको संख्या ८ सय ७२ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ रहेको छ । हालसम्म ३ हजार ११ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


