
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली काग्रेंसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था पुनः बिग्रीएको छ । मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएका पूर्व उद्योग मन्त्री समेत रहेका जोशिको स्वास्थ्य अवस्थामा थप समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको छ ।
५७ वर्षिय जोशिलाई उच्च रक्तचापका कारण मस्तिष्कघात भएको चिकित्सकहरु बताउँछन् । शनिबारदेखि फेरि उहाँलाई भेन्टिलेटरको सपोर्टमा राख्नुपरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
गत १३ फागुनमा मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा जोशिको उपचार थालिएको हो । उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएपछि भेन्टिलेटरबाट निकालिएको थियो । तर, शनिबार बिहान एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखिएको उपचारमा संलग्न डा. राजीव झाले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


