
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियानमा हालसम्म करिब ९ लाख जेष्ठ नागरिकहरुले खोप लगाएका छन् ।
गत २३ गतेबाट सुरु भएको अभियानमा ६५ वर्षभन्दामाथिका ८ लाख ९२ हजार ८९१ जना जेष्ठ नागरिकले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो संख्या ६५ वर्षमाथिका कुल जेष्ठ नागरिकको संख्याको ५०.०९ प्रतिशत हो ।
खोप अभियानको पहिलो दिन २ लाख ३१ हजार ९ सय ९८, दोस्रो दिन २ लाख ४२ हजार ५ सय ५१, तेस्रो दिन २ लाख १६ हजार ३ सय ५२ र चौथो दिन एक लाख ३७ हजार १६, पाँचौ दिन ६४ हजार ९८४ गरी जम्मा ८ लाख ९२ हजार ८९१ खोप लगाई सकेको मन्त्रालयले जनाएको छ ।
दोस्रो प्राथमिकताको पहिलो चरणमा जम्मा १७ लाख ८२ हजार ४ सय ६९ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


