
शरीरको कुनै भागमा गाँठागुँठी या चोट देखियो भने सबैभन्दा पहिला क्लिनिकल डायग्नोसिस् गर्नुपर्ने हुन्छ । त्यसका लागि वायोप्सी र एफएनएसी गरी दुई किसिमका पद्धति छन् । सुईबाट गाँठो वा शंका लागेको भागका कोषिकाहरु निकाल्नुलाई एफएनएसी भनिन्छ । शरीरमा फैलिने र नफैलने गरी ट्युमर विभिन्न किसिमका हुन्छन् । एफएनएसी विधिबाट क्यान्सर ट्यूमर पत्ता लगाइन्छ । शंका लागेको भागको मासुको टुक्रा जाँच गर्ने पद्धतिलाई वायोप्सी भनिन्छ । वयोप्सी र एफएनएसीबाट क्यान्सरको अवस्था पहिचान हुन्छ र सो अधारमा उपचार प्रक्रिया शुरु गर्नुपर्छ । सबै प्रकारका क्यान्सरमा शल्यक्रियानै आवश्यक पर्छ भन्ने हुँदैन । शल्यक्रियाको विकल्पमा केमोथेरापी र रेडियोथेरापी उपचार पद्धति पनि अपनाउन सकिन्छ । प्याथोलोजीकल टेष्टबाट क्यान्सरको प्रकार र सहि उपचार विधि अवलम्बन गर्न मद्धत पुग्छ । संसारमा क्यान्सर पहिचान गर्ने गोल्ड स्ट्यान्डर्ड उपाय भनेकै बायोप्सी हो ।
रगत जाँच र क्यान्सर
रगत जाँचबाट क्यान्सर भएनभएको शंका गर्न सकिन्छ । तर यकिन हुँदैन । ट्युमरले सर्टेन केमिकल रिलिज गर्नेभएकाले रगत जाँच गर्दा थाहा पाउन सकिन्छ । त्यस्ता केमिकलहरु क्यान्सर नभए पनि शरीरले निकालिरहेको हुन्छ । त्यसले हामीलाई झुक्याउने गर्छ । कतिखाले क्यान्सर यस्ता हुन्छन् जसले केमिकल रिलिज नै गर्दैनन् । अधिकांश मानिसहरु सबैखाले क्यान्सर एउटै हो भनेर बुझ्छन् । तर मेडिकल साइन्स एडभान्स भएसँगै लाखौँ किसिमका क्यान्सरहरु पत्ता लाग्ने गरेको छ । क्यान्सर लागेर कति व्यक्ति छिटै मर्न सक्छन् । कोहि क्यान्सर भएर पनि दशक भन्दा बढी बाँच्न सक्छन् । त्यो क्यान्सरको प्रकारमा भर पर्छ । कुन खालको क्यान्सर हो र कत्तिको छिटो सर्छ भनेर पत्ता लगाउन बायोप्सी गर्न आवश्यक हुन्छ । रगत जाँच गरेर क्यान्सरको अवस्था पत्ता लगाउन सकिदँैन । रगत जाँचबाट क्यान्सर उपचार प्रभावकारी भएनभएको हेर्न सकिन्छ । शरीरमा केमिकल घट्दै गयो भने केमोथेरापी र रेडियसनको राम्रो प्रभाव परेको जनाउँछ । कतिपय क्यान्सर अन्तिम अवस्थामा पुगेपछि मात्रै लक्षण देखिन्छ । त्यसकारण नियमित स्वास्थ्य जाँच गर्नुपर्छ । परिवारमा कसैलाई क्यान्सर भएको छ भने अनिवार्य क्यान्सर स्क्रिनिङ गराउनुपर्छ ।
नेपालमा सबै क्यान्सरहरुको पहिचान हुन्छ ?
नेपालमा सबै खाले क्यान्सर पहिचान हुन्छ । कत्ति झुक्याउने किसिमका क्यान्सर हुन्छन् । अत्याधुनिक उपकरण र केमिकल अभावका कारण पहिचान गर्न गह«ो हुनसक्छ । लाखौंमा एक दुइवटा केस मात्रै त्यस्तो भेटिन्छन् । त्यसका लागि स्पेसल जाँच गर्न देश बाहिर पठाउनुपर्छ । क्यान्सर भनेर थाहा त हुन्छ तर कुन किसिको क्यान्सर हो भनेर एकिन गर्न सकिदैँन । त्यसका लागि इम्युनोहिस्टोकेमेष्ट्री पनि भित्र्याइएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

