
जनस्वास्थ्य सरोकार, काठमाडौँ । शरीरका हरेक अंगमा क्यान्सर हुनसक्छ । नेपालमा पनि क्यान्सर रोग वातावरणीय क्षेत्र, वंशाणुगत, अवस्थ्यकर जीवननशैली, धुम्रपान लगायतले क्यान्सरको जोखिम निम्तिने गरेको पाइन्छ । क्यान्सर पहिचान र उपचारमा रेडियोलोजीको भूमिका केन्द्रविन्दुमा रहन्छ ।
संसारभर विभिन्न किसिमका पहिचान र उपचार मोडालिटीहरुको विकास भइरहेका छन् । मेमोग्राफीले स्तन क्यान्सर रोग पत्ता लगाउन मद्दत गर्छ । सिटीस्क्यानले ब्रेन, फोक्सो, पेट, लिभर, हाडजोर्नीको क्यान्सर पत्ता लगाउन सहयोग गर्छ ।
यस्तै, क्यान्सरको चरण पत्ता लगाउन सिटीस्क्यानले सघाउ पुर्याउँछ । क्यान्सरको फैलावट दर पत्ता लगाउन रेडियोलोजीको आवश्यक पर्छ । एमआरआइले क्यान्सर हो या पक्षघात के हो ? कुन किसिमको क्यान्सर हो ? छुट्याउन मद्दत गर्छ । व्रेन क्यान्सर र मुखमा क्यान्सर छ या छैन पत्ता लगाउन सहयोग पुर्याउँछ ।

घाँटीको क्यान्सर पहिचान गर्नपनि एमआरआइले मद्दत पुर्याउँछ । छातिको क्यान्सर पत्ता लगाउन सिटी स्क्यान र एमआरआइ दुवैले सहयोग पुर्याउँछन् । हाडजोर्नी, मांशपेसीमा एमआरआइको महत्वपूर्ण भुमिका रहेको हुन्छ । यसले कतिसम्म क्यान्सर फैलिएको छ ? कुन किसिमको उपचार गर्ने हो ? निको भइसकेको बारे जानकारी पाउन पनि एमआरआइ वा सिटिस्क्यानको भुमिका रहन्छ ।

कसैलाई क्यान्सर भयो भने अप्रेसन गरेर केमोथेरापी, रेडियोथेरापी गरिसकेपछि तीन महिना वा ६ महिनामा सिटीस्क्यान र एमआरआई गरेर क्यान्सरको अवस्था प्रमाणित गरिन्छ । पेट स्क्यान विश्वव्यापी रुपमा प्रचलित छ । यसले क्यान्सर स्क्रिनिङ गर्न मद्दत पुर्याउँछ । क्यान्सरको फैलावट पत्ता लाग्छ । पेट स्क्यानपछि निको भएनभएको निक्र्योल हुन्छ । गामा क्यामेराले क्यान्सर फैलिएको थाहा दिन्छ । हड्डी सम्बन्धि रोग, संक्रमण, ट्यूमर पहिचानमा गामा क्यामेराले निकै मद्धत पुर्याउँछ ।

डेक्सा स्क्यानलाई उमेर पुगेका व्यक्तिहरुको हड्डी भाँचिने जोखिम कतिको छ भनेर पत्ता लगाउन प्रयोग गरिन्छ । अल्ट्रासाउण्ड मेसिनले विभिन्न रगतको नसा, मांशपेसी, पेटभित्रका रोगहरु पत्ता लगाउन सहयोग गर्छ । यसमा रेडियसन नहुने भएकाले नकारात्मक असर पर्दैन । तर फोक्सोभित्रको समस्या अल्ट्रासाउन्डले देखाउँदैन । सिटिस्क्यान नै गर्नुपर्छ ।
लिनियाक उच्चस्तरीय प्रविधि हो । यसले क्यान्सर भएको भागको ट्यूमरलाई मात्र मार्न मद्दत गर्छ । वरिपरीको भागमा असर गर्दैन । व्रेन ट्यूमर, घाँटीको क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सरमा रेडियोथेरापी दिने गरिन्छ । लिनियाकले पाँच मिनेट भित्रै रेडियसन दिने काम गर्छ ।
ब्रेकी थेराफी भनेको सम्बन्धित क्यान्सरयुक्त अंगभित्र रड छिराएर क्यान्सर कोष मार्ने प्रविधि हो । यो विशेषगरी पाठेघरको मुखको क्यान्सर उपचारमा प्रयोग गरिन्छ ।

म्यामोग्रामले सुरुवाती चरणमा स्तनमा भएको क्यान्सर ट्युमर पत्ता लगाउन मद्दत गर्छ । फैलिसकेको अवस्थामा यसको भूमिका हुँदैन । सुरुवाती चरणमा स्तन क्यान्सर पत्ता लागेमा पूर्ण रुपमा उपचार गर्न सकिन्छ । अल्ट्रासाउण्ड र सिटिस्क्यानको मद्धतले वायोप्सी लिने गरिन्छ ।

जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

