
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा क्यान्सरको अवस्था भयावह छ । अधिकांश मानिस क्यान्सर रोगबारे अनभिज्ञ छन् । धेरैले शरीरमा गाँठागुठी आउँदा पनि समान्य गाँठो मात्रै हो भनी हेलचेक्र्याइ गर्छन् । क्यान्सर लागेपछि मर्ने र आयु कम हुने त्रास छ । डरकै कारण रोग लुकाइन्छ । समयमा परीक्षण गराउँदैनन् र रोग जटिल अवस्थामा पुग्नसक्छ ।
पुर्वाञ्चलमा क्यान्सरको शल्यक्रिया सेवा शुरु भएको झण्डै तीन चार वर्ष भइसक्दा पनि बिरामीको उल्लेख्य उपस्थिति हुन सकेको छैन । तर पुर्वाञ्चल क्यान्सर अस्पतालको स्थापना भएदेखि क्यान्सर हाइलाइटमा आएको छ । लकडाउन अवधिमा एक सय भन्दा बढी स्तन क्यान्सरको सफल शल्यक्रिया सम्पन भए । आन्द्रा, प्याँङ्क्रियाजको क्यान्सर मिर्गौलाको ट्युमरको सफल शल्यक्रिया भएका छन् । अस्पतालप्रति विश्वास बढेको छ ।
क्यान्सर भएपछि क्यान्सर सेल शरीरका विभिन्न भागमा फैलिन सक्छन् । स्तन क्यान्सर फैलिएर काखीमुनि सम्म पुग्न सक्छ भने आन्द्राको क्यान्सर फैलिएर कलेजो वा पेट सम्म पुग्नसक्छ । यस्तो अवस्थालाई क्यान्सरको दोस्रो या तेस्रो स्टेज भन्न सकिन्छ । दोस्रो वा तेस्रो स्टेजमा पुग्दैमा क्यान्सरको उपचार नै नहुने भन्ने होइन ।
अहिले केमोथेरापी दिएर ट्युमरलाई डाउन स्टेजिङ गर्न सकिन्छ । यसले ट्युमरलाई गलाउँछ र अन्यत्र फैलिन दिदैँन । शल्यक्रिया, केमोथेरापी र रेडियोथेरापीको राम्रो संयोजन (कम्बिनेसन) भएमा बिरामीको आयु लामो हुन्छ ।
क्यान्सर पुनः बल्झिन सक्छ ?
अनुवांशिक क्यान्सरमा केही गर्न सकिदैँन । ट्युमरको शल्यक्रिया गर्दा वरिपरिका नर्मल टिस्युलाई पनि निकाल्नुपर्छ । त्यसपछि सहि तरिकाले केमोथेरापी र रेडियोथेरापी दिइएमा ट्युमर बल्झिने सम्भावना निकै कम हुन्छ । त्यसैले रोग लुकाउनु हुँदैन ।
विश्वसनीय ठाउँ पहिचान गरी समयैमै रोग पत्ता लगाउनुपर्छ । क्यान्सर एडभान्स स्टेजमा पुगिसकेको छ भने घाउ हुन्छ । घाउलाई निको पार्न शल्यक्रिया गर्नुपर्छ । हामीले गर्ने सबैखाले शल्यक्रिया सफल नै हुन्छन् ।
कोलोन क्यान्सर, स्तनको ट्युमर, प्याँङ्क्रियाजको क्यान्सर र पाठेघरको मुखको क्यान्सर समयमै सही पहिचान गरी शल्यक्रिया भएमा निको पार्न सकिन्छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

