जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ११४ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज दुई हजार सात सय ९० जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा २२ लाख २१ हजार पाँच सय १२ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार चार सय २४ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये ४.०९ प्रतिशतमा सङ्क्रमण देखिएको हो।
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


