जनस्वास्थ्य सरोकार, काठमाडौँ । पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिले दोस्रो डोज आगामी वैशाख ७ गतेदेखि ११ गतेसम्म लगाउन पाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस) को बैठकले वैशाख ७ देखि ११ गतेसम्म गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका व्यक्तिहरुका लागि दोस्रो मात्राको खोप दिन लागिएको जनाएको छ ।
सरकारले पहिलो चरणको खोप अभियानमा भारत सरकारले अनुदानमा दिएको कोभिशिल्ड खोप लगाएको थियो । पहिलो चरणमा चार लाख २९ हजारले खोप लगाएका थिए ।
मन्त्रालयले दोस्रो चरणमा फागुन २३ गतेदेखि चैत ३ गतेसम्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने सूचना पछि प्रकाशन गरिने जनाएको छ । दोस्रो चरणअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


