जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालले कोभिड–१९ विरुद्धको खोप अभियान हाललाई स्थगित गरेको छ। खरिद गरिएको १० लाख खोपसँगै थप खोप नआएपछि केही समयका लागि कार्यक्रम स्थगित गरेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाले जनाएको छ । बाँकी रहेको एक लाख डोज खोप छुटेका र कम जनसंख्या भएका हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई दिइनेछ। अन्यत्रको नियमित अभियान भने हाललाई रोकिएको हो।
बुधबारसम्म नेपालमा १६ लाख ५० हजारजनाले खोप लिइसकेका छन् । बाँकी ५ लाख ५० हजार खोप पहिलो चरणमा माघ १४ देखि फागुन १० भित्र लिएकालाई दोस्रो डोज दिन राखिएको हो। कोभ्याक्सले दिने १९ लाख, भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाबाट खरिद गरी ल्याउने १० लाख, फेरि खरिद गरिने ५० लाख तथा चीनबाट आउने ८ लाख डोज खोपबाट अभियान जारी राख्ने सरकारले जनाएको थियो। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३ट्रेन्डिङ


