जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना विरुद्ध अक्सफोर्ड एस्ट्राजेनिकाले निर्माण गरेको खोपका कारण रगत जमेको भन्दै खोप कार्यक्रम स्थगित गरेका युरोपेली मुलुकहरुले पुनः खोप कार्यक्रम संचालन गर्ने भएका छन् ।
युरोपेली औषधि सम्बन्धी निकाय इ.एम.एले एस्ट्राजेनिकाको खोप सुरक्षित र प्रभावकारी रहेको र खोपकै कारण रगत जमेको प्रमाणित नभएको बताएको छ ।
१३ युरोपेली देशहरुले रगत जमेको भन्ने हल्लाकै कारण खोप कार्यक्रम स्थगित गरेका थिए । इ।एम।एको प्रतिवेदन आएसँगै खोप कार्यक्रम रोकेका जर्मनी, फ्रान्स, इटाली र स्पेनले पुनः खोप कार्यक्रम संचालन गर्ने जनाएका छन् ।
खोप कार्यक्रम रोकेका युरोपेली देशहरुले कहिले र कसरी पुनः खोप अभियान संचालन गर्ने भन्ने विषयमा सम्बन्धित देशहरुले नै निर्णय गर्ने जनाइएको छ ।
स्वीडेनले पुनःखोप कार्यक्रम संचालन गर्ने विषयमा निर्णय लिन केही समय लाग्ने जनाएको छ । विश्व स्वास्थ्य संगठनले एस्ट्राजेनिकाको खोप सुरक्षित र प्रभाविकारी रहेको बताउँदै खोप अभियानलाई निरन्तरता दिन युरोपेली देशहरुलाई आग्रह गरेको छ । रगत जम्ने समस्या खोपका कारण नभई अन्य कारणले नै भएको डब्लुएचओले स्पष्ट पारेको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३


