जनस्वास्थ्य सरोकार, काठमाडौं । छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेपछि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सो अनुरोध गर्नुभएको हो ।
उहाँले सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न अनुरोध गर्नुभएको छ । डा. गौतमले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग गर्न अनुरोध गर्नुभएको छ । उहाँले कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकथाममा सहयोग गर्नसमेत अनुरोध गर्नुभयो ।

प्रकाशित मिति: आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


