
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मुलुकमा कोरोना संक्रमणको जोखिम रहे पनि तत्काल लक डाउन घोषणा गर्ने कुनै योजना नरहेको बताउनुभएको छ ।
छिमेकी भारतमा कोरोना भाइरस संक्रमणदर बढेकोले नेपालमा पनि जोखिम भए पनि गत वर्ष झैं लक डाउन घोषणाको कुनै सोंचाई नरहेको डा. गौतमले बताउनुभयो ।
उहाँले भन्नुभयो-‘पोहोर साल लक डाउन गर्दा पनि सहमत थिइन । लक डाउन घोषणा भन्दा विमानस्थल र सीमा नाकालाई व्यवस्थित गर्नु पर्छ भन्ने पक्षको मान्छे हुँ । तत्काल लक डाउनको सोंचाई छैन ।’
सरकारले गत वर्ष २०७६ साल चैत ११ गते देखि एक साताको लागि मुलुकभर लक डाउन घोषणा गरेको थियो । यस वर्ष पनि भारतमा कोरोना संक्रमणको दर बढ्दै गएकोले नेपालमा पनि जोखिम बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिले विमानस्थल र सीमावर्ती नाकामा एन्टिजेन परीक्षणको व्यवस्था गरिएको डा. गौतमले जानकारी दिनुभयो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३


