जनस्वास्थ्य सरोकार । काठमाडौं । भारतमा रोजगारीबाट फर्केकाहरुबाट संक्रमणको जोखिम कम गर्न सीमाक्षेत्रमा मास्क वितरण गरिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)को बैठकले सीमाक्षेत्रमा मास्क वितरण गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसिडि)का निर्देशक डा. कृष्णप्रसाद पौडेलले प्रतिव्यक्ति ५ देखि १० वटा सम्म मास्क वितरण गरिने जानकारी दिनुभयो ।
डा. पौडेलले भन्नुभयो—घर फर्कन लागेका व्यक्तिलाई पाँच देखि दश वटा सम्म निःशुल्क मास्क वितरण गर्दा अरुलाई संक्रमण सर्न पाउँदैन । अन्य व्यक्तिबाट पनि सर्न सक्दैन । यसले गर्दा कोरोना संक्रमण फैलन पाउँदैन । रोकथाममा सहयोग पुग्छ ।
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


