
जनस्वास्थ्य सरोकार, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरसको खोप आफ्नो प्रशासनको पहिलो सय दिनमा २० करोड मानिसलाई लगाउने बाचा गर्नुभएको छ ।
ह्वाइट हाउसमा पहिलो पत्रकार सम्मेलनआयोजना गर्दै बाइडनले कोभिडसँगको सामनापछिका आफ्ना प्राथमिकताबारे प्रष्ट पार्नुभयो ।
'आज म आफ्नो दोस्रो लक्ष्य तय गर्छु। हामी हाम्रो पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप दिन्छौँ।'-बाइडनले भन्नुभयो ।
'मलाई थाहा छ यो लक्ष्य महत्वाकाङ्क्षी छ, हाम्रो यसअघिको लक्ष्यभन्दा यो दोबर हो।' उहाँले भन्नुभयो -'यो लक्ष्यमा हामीले गरे जति अरू कुनै देश हाम्रो नजिक पनि आउन सकेका छैनन्। र, मलाई विश्वास छ कि हामी यो बाचा पनि पूरा गर्नसक्छौं।'
अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ।
अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको छ। बीबीसी
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


