
नेपालमा लकडाउन छिट्टै हुन्छ भन्ने हल्ला चलिरहेको छ । यो सहि हैन । सरकारले स्पष्ट गरेको छ कि लकडाउन अहिले हुँदैन । संक्रमण बढ्यो भने बढेको ठाउँमा मात्र लकडाउन हुनसक्छ । पहिलेजस्तो लामो र देशव्यापी लकडाउन हुँदैन । हामीले जनस्वास्थ्यका मापदण्ड अवलम्वन गर्यौं भने लकडाउन गर्ने परिस्थिति आउदैन ।
कोरोना खोपबारे
यहि सोमबार चीनबाट ८ लाख डोज खोप आउदैछ । त्यसले करिब ४ लाख जोखिम वर्गलाई खोप पुग्दछ । भारतले अप्रिलमा १० लाख डोज (नेपालले किनेको बाँकी) दिने बताएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । यो खोपको कारण पहिले खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा पुग्दछ।
दोस्रो मात्रा बारे
दोस्रो मात्रा खोप जुन कम्पनीले लगाएको हो त्यहि कम्पनीको लगाउनुपर्छ । कारणबस दोस्रो मात्रा खोप लगाउन नपाएपनि पहिलो खोपको प्रभाकरिता न्युनतम ६४.१ प्रतिशत हुने एस्ट्रेजेनेकाले बताएको छ । दोस्रो खोप लगाएपछि खोपको प्रभावकारिता ७०.४ हुन्छ । बेलायतमा खोप समितिले गरेको पछिल्लो अनुसन्धान अनुसार ९ – १२ हप्तामा दोस्रो मात्रा खोप लगाएमा यसले संक्रमणबाट हुने गम्भीर अवस्था ७० प्रतिशतले कम हुन्छ ।
खोप लगाएका व्यक्तिलाई कोरोना सर्छ कि सर्दैन ?
खोप लगाएका व्यक्तिलाई कोरोना सर्न सक्छ । उक्त व्यक्तिले आफु क्यारियर बनेर अरुलाई संक्रमण सार्न पनि सक्दछ । फरक यत्ति हो कि खोप लगाएका व्यक्ति गम्भीर असर देखिदैन । खोप लगाएका व्यक्तिको शरीरभित्र रहेको एन्टिबडीले कोरोना भाइरसलाई शरीरभित्र नष्ट गर्दछ । त्यसकारण खोप लगाएका व्यक्तिलाई कोरोना पोजिटिभ हुनसक्छ ।
दोस्रो लहरको क्षति अनुमान
दोस्रो लहर नेपालमा आयो भने पहिलेजस्तो क्षति हुँदैन । त्यो बेला हामीसंग साधन (मास्क, स्यानिटाइजर, पिपीई, रेमडेसेभिर लगायत औषधि) को अभाव थियो। अहिले स्वास्थ्यकर्मी अनुभवी भएका छन । आम नागरिकलाई कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन भन्ने प्रमाण यत्रतत्र प्राप्त भएको छ । खोपले खराब असर गर्दैन भन्ने अनुभव प्रत्यक्ष छ । मास्क लगायत जनस्वास्थ्यका मापदण्डले संक्रमण रोकथाम गर्छ भन्ने अनुभव आम नागरिकलाई छ । खोप आइरहनेछ । तसर्थ क्षति निकै कम हुन्छ । महामारी तथा प्राकृतिक विपत्तिको बेला सरकारले जारी गरेका निर्देशन पालना गर्नु आम नागरिकको कर्तव्य हो भने जनताको जनधनको सुरक्षा गर्नु राज्यको दायित्व हो । कर्तब्य र दायित्व सबैले पालना गरेमा अप्रिय अवस्था उत्पन्न हुँदैन । यो लेख डा.पाण्डेको फेसबुकबाट साभार गरिएको हो ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
