जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भने ७० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ६ सय ६५ जना पुगेको छ । अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ जना पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार २४ पुगेको छ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार २ सय ९९ रहेको छ । क्वारेनटिनमा ५२ जना रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


