
जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले फार्मेसी काउन्सिलको अध्यक्षमा लोमस फर्मास्युटिकल्स प्रा.लि.का कार्यकारी निर्देशक एवं वरिष्ठ फार्मेसी विज्ञ प्रज्वलजंग पाण्डेलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद् बैठकले काउन्सिलको अध्यक्षमा पाण्डेलाई नियुक्त गरेको हो । यसअघिका काउन्सिलका अध्यक्ष केशवध्वज जोशीको ४ वर्षे कार्यकाल १७ फागुनमा सकिएपछि पाण्डे ४ वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त हुनुभएको हो ।
यस्तै, काउन्सिलका रिक्त सदस्यहरुमा अमृत थापा, निरज बर्तौला, निशान्तकुमार गुप्ता, महासागर ज्ञवाली नियुक्त हुनुभएको छ। स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको सिफारिसमा बिहीबारका क्याबिनेटको बैठकले उहाँहरु सबैलाई जिम्मेवारी प्रदान गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


