
जनस्वास्थ्य सरोकार, काठमाडौं । मस्तिष्कघात भएर काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत नेपाली कांग्रेसका नेता एवं पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको शुक्रबार ८.२४ बजे निधन भएको छ ।
अस्पतालले दिएको जानकारी अनुसार, शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो । तर मस्तिष्क मृत्यु कहिले भएको थियो भन्ने कुरा उल्लेख गरिएको छैन । जोशीको उपचारमा संलग्न चिकित्सक वरिष्ठ न्युरो सर्जन प्रा.डा. राजीव झाका अनुसार, उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा जोशीको निधन भएको हो ।
गत फागुन १४ गते मस्तिष्कघात भएका जोशीको वीर अस्पतालबाट नर्भिक रेफर गरी उपचार प्रयास भइरहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


