
जनस्वास्थ्य सरोकार, काठमाडौँ । राजधानी लगायतका ठाउँमा केही दिनदेखि जारी वायु प्रदुषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि सरकारले देशभरका सबै शैक्षिक संस्था ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले चैत १७ गते मंगलबारदेखि २० गतेसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।
केही दिनदेखि तुवाँलोको कारण काठमाडौँ लगायतका स्थानमा वायु प्रदुषण बढ्दै जाँदा जनजीवन प्रभावित बनेको छ ।
जनस्वास्थ्यका लागि हानिकारक हुने भएकाले केही दिन स्कुल कलेज बन्द गरेर विद्यार्थीहरुको स्वास्थलाई सुरक्षित राख्न यस्तो निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


