
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सबैजसो मानिसलाई हट्टाकट्टा सलक्क ज्यान परेको मानिस मन पर्दछ । मानिस इच्छा आफू पनि यस्तै शरीर भएको हुन्थ्यो भन्ने । तर कतिपयमा भने उमेर पुग्दा समेत राम्रो उचाइ वृद्धि नभएको पाइन्छ । हुनत उचाइ बढाउने कुरा मानिसको वसमा हुदैन । यो मासिनको जिनमा निर्भर हुन्छ ।
हर्मोनको कारण मांशपेसी र हड्डीको बृद्धि हुने गर्छ । विशेषत किशोर अवस्थामा मानिसको उचाइ तीब्र रुपमा बढ्छ । यो समयमा पोषणयुक्त खानपान र उचित जीवनशैली अपनाएमा उचाइ बढाउन सकिन्छ ।
उचाइ बढाउने उपाय यस्तो छः
- शरीरको सम्पूर्ण विकासका लागि सन्तुलित खानपान आवश्यक हुन्छ । यसकालागी हरियो सागसब्जी, फलफूल, प्रोटीन, कार्बोहाइड्रेटयुक्त खाना खानु पर्दछ । सब्जीमा सलगम, पालुङ्गो, गोभी, गाजर, ब्रोकाउली खानाले उचाइ बढाउन मद्दत पुग्दछ ।
- उचाइ बढाउन किशोर अवस्थामा पर्याप्त निन्द्राको आवश्यक पर्दछ । कतिपयलाई थाहा नहुन सक्छ, निन्द्रामा समेत मानिसको उचाइमा बृद्धि हुन्छ । अध्ययन अनुसार सुतेको बखत बच्चाको उचाइ सबैभन्दा बढी बढ्छ । यतिबेला शरीरमा ह्युमन ग्रोथ हर्मोन अधिक मात्रामा स्राव हुन्छ । त्यसैले दैनिक ८ देखि ९ घण्टा मस्त निदाउनु पर्छ ।
- उचाइ बढाउन किशोर अवस्थामा दुध र दुग्धजन्य पदार्थ सेवन गर्नु पदै । दुधमा क्याल्सियम पाइन्छ, यसले हड्डी बढाउने काम गर्छ । यसका साथै दुधमा भिटामिन ए र प्रोटिन पाइन्छ, जसले सम्पूर्ण शरीरको विकास गर्दछ । तसर्थ नियमित दुई गिलास दुध पिएमा वा दुग्धजन्य पनिर र दही सेवन गरेमा उचाइ बढाउन सहायक हुन्छ ।
- भिटामिन डी पाउने सबैभन्दा सुलभ उपाय भनेको घाम ताप्नु नै हो । घामको किरणबाट भिटामिन डी मिल्दछ । यसले हड्डी बलियो बनाउनुका साथै हाडको लम्बाई पनि बढाउँछ । यस अलावा भिटामिन डी पाउन दुध, माछा, अण्डा, पनिर पनि सेवन गर्न सकिन्छ ।
- उचाइ बढाउन व्यायाम र योगा समेत प्रभावकारी मानिन्छ । उचाइ बढाउन तीब्र गतिमा दौडनु राम्रो मानिन्छ । प्राकृतिक रुपमा उचाइ बढाउन योग पनि फाइदाजनक हुन्छ । सूर्य नमस्कार जस्ता योगले ग्रोथ हर्मोन्स स्राव हुन्छ ।
- उचाई बढाउन आयुवेदिक औषधी अश्वगन्धा प्रभावकारी मानिन्छ । नियमित दुई चम्चा अश्वगन्धा चुर्ण एक गिलास दुधमा मिलाएर पिएमा उचाई बढाउन सहायक मानिन्छ । एजेन्सी
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३ट्रेन्डिङ

