जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ६७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार १ सय ४० जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर १ सय ६७ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको छ । यही अवधीमा थप १ सय १५ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ७ सय २७पुगेको छ ।
चौविस घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ९० रहेको छ । क्वारेनटिनमा ५३ जना रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


