
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को अध्यक्ष पदमा प्रा.डा. गेहनाथ बराल नियुक्त हुनुभएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको सिफारिसमा गत विहीबार बसेको मन्त्रिपरिषद बैठकले बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्रा.डा. बराललाई परिषद्को अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले एनएचआरसीको उपाध्यक्ष पदमा प्रा.डा. गौरब ढकाललाई नियुक्त गरेको छ । यस्तै रिक्त सदस्य पदमा वीर अस्पतालका डेन्टल सर्जन प्रा.डा बन्दना खनाल, बुटवलका रेडियोलोजिष्ट अवधेश तिवारी, डा. सन्तोष शाक्य इन्डोक्राइनोलोजिष्ट, आयुर्वेद अस्पताल कीर्तिपुरका डा. रामआधार यादव नियुक्त हुनुभएको छ ।
यसअघिका काउन्सिल अध्यक्ष प्रा.डा अञ्जनीकुमार झा, उपाध्यक्ष डा. भोजराज अधिकारी सहित अन्य सदस्यहरुको गत १७ फागुनमा चार बर्षे कार्यकाल सकिएको थियो ।
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


