जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा बुधबार १६२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा ३९सय १९ पीसीआर परीक्षण गराउँदा १६२ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
जसमध्ये काठमाडौंमा ५० भक्तपुरमा ४ र ललितपुरमा १३ जना गरी ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५९ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सहित नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७२ हजार ७८६ पुगेको छ।
नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म कोभिड–१९ का कारण तीन हजार ३० जनाले ज्यान गुमाइसकेका छन् ।
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३ट्रेन्डिङ

