
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले कोभिड संक्रमण बढ्न सक्ने भन्दै सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कुनै पनि जुलुस, भीडभाड, सभा, सम्मेलन, भेला रोक्न आग्रह गरेको छ । साथै जोखिमयुक्त क्षेत्रमा एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन मन्त्रालयले निर्देशन दिएको छ ।
काठमाडौं प्रवेश गर्नेहरुको आकस्मिक परीक्षण गर्ने निर्णय गरिएको छ । त्यसैगरी सबै सरकारी तथा निजी प्रयोगशालालाई तयारी अवस्थामा राख्न र सरकारी प्रयोगशालामा जनशक्ति आवश्यकता भएमा जनशक्तिका लागि थप रकम माग गर्न सक्ने मन्त्रालयले जनाएको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा देशभर थप १६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसैगरी मुलुकमा सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ४९३ छन् । मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


