
जनस्वास्थ्य सरोकार, फ्रान्स। फ्रान्समा कोरोना भाइरसको संक्रमणदर ह्वात्तै बढेपछि कम्तीमा तीन हप्ताका लागि विद्यालय बन्द गरिने भएको छ ।
फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले राष्ट्रिय स्तरमा लागू हुने गरी जारी गर्नुभएको नयाँ प्रतिबन्धात्मक व्यवस्थामा विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । राष्ट्रपति म्याक्रोनले अर्को हप्तादेखि विद्यालय शिक्षालाई दुरशिक्षामा रुपमान्तरण गरिने बताउनु भयो । फ्रान्सका कतिपय शहरमा गत महिनादेखि नै लकडाउन गरिएको थियो ।
संक्रमण बढ्दै गएपछि लकडाउन गरिने क्षेत्रहरु विस्तार गरिएको हो । आगामी शनिबारदेखि अति आवश्यक बाहेकका सबै पसलहरु बन्द गरिनेछ । साथै घरबाट अति जरुरी कारण विना १० किलोमिटरभन्दा बढी यात्रा गर्न प्रतिबन्ध लगाइएको छ ।
फ्रान्समा कोभिडका कारण गभ्भीर विरामी भएका ५ हजारभन्दा बढीको सघन उपचार कक्षमा उपचार भइरहेको छ । फ्रान्समा बुधबार मात्रै ५९ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । योसँगै हालसम्म फ्रान्समा कोरोना संक्रमित हुनेको संख्या ४६ लाख नाघिसकेको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

