
जनस्वास्थ्य सरोकार, धनकुटा । धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका जीतपुरमा ४० जनाको मोतियाविन्दुको स्थानीय तहमै निशुःल्क शल्यक्रिया गरिएको छ । रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटासँग सहकार्य गरी महालक्ष्मी नगरपालिकाले नगरका सबै वडामा आँखा जाँच शिविर सञ्चालन गरेर मोतियाविन्दु भएकाहरुको निःशुल्क शल्यक्रिया गरेको हो ।
फागुन १४ गते देखि २२ गतेसम्म वडाहरुमा आँखा जाँच शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा ६ सय ६० जनाको आँखा जाँच गर्दा ८१ जनामा मोतियाविन्दुको स्मस्या देखिएकाले ४० जनाको शल्यक्रिया गरिएको हो ।
जसमध्ये अप्रेशन गर्न चाहने ४० जनालाई जितपुर स्थित महालक्ष्मी आधारभुत अस्पतालमा ल्याएर मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको महालक्ष्मी नगरपालिकाले जनाएको छ । रामप्रसाद पोख्रेल आँखा अस्पतालका चिकित्सकले मोतियाविन्दुको शल्यक्रिया गर्नु भएको हो ।
शल्यक्रिया गर्न विरामीहरुलाई अस्पतालसम्म ल्याउँने, पुर्याउँने व्यवस्था समेत नगरपालिकाले नै मिलाएको थियो । निःश’ल्क शल्यक्रिया गरी औषधि समेत निःशुल्क उपलब्ध गराएर बिरामीहरुलाई गाउँ–गाउँमै पुर्याइएको महालक्ष्मी नगरपालिकाका जनस्वास्थ्य अधिकृत डिल्लीराम श्रेष्ठले जानकारी दिनुभयो ।रासस
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

