
जनस्वास्थ्य सरोकार । भारतमा कोरोना भाइरस संक्रमणका कारण एकै दिन ४ सय ६९ जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिन ज्यान गुमाउने यो जनवरीयताकै उच्च संख्या हो । बिहीबार पनि भारतमा कारोना संक्रमणबाट ४ सय ५९ जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६३ हजार ३ सय ९६ पुगेको छ । पछिल्ला दिनहरूमा संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको भारतीय अधिकारीहरूले जनाएका छन् । गएको २४ घण्टामा मात्रै ८१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ ।
भारतको महाराष्ट्र राज्यमा मात्रै पछिल्लो २४ घण्टामा ४३ हजार १ सय ८३ जनामा कोरोना पुष्टि भएको छ । कोरोना महामारी सुरु भएपछि महाराष्ट्रमा एकैदिन सबैभन्दा धेरैमा संक्रमण पुष्टि भएको हो । महाराष्ट्रको राजधानी मुम्बईमा मात्रै पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ ।
कुल संक्रमितमध्ये १ करोड १४ लाखभन्दा बढी निको भइसकेका मन्त्रालयले जनाएको छ । भारतमा हालसम्म ६ करोड ८७ लाखभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । बिहीबार मात्रै खोप लगाउनेको संख्या ३६ लाख ७१ हजार २ सय ४२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा जनवरी १६ देखि खोप अभियान सुरु गरिएको हो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

