
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा छैटौं पटक सफल कलेजो प्रत्यारोपण भएको छ । शनिबार भक्तपुर निवासी ४४ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको केन्द्रका निर्देशक डा. प्रेमराज ज्ञवालीले जानकारी दिनुभयो । ४४ वर्षीय पुरुषलाई उहाँकै २५ वर्षीया छोरीले कलेजो दान गर्नुभएको थियो ।
प्रत्यारोपणमा केन्द्रका कलेजो टिमका डा. छेतेन योञ्जन, डा. अनिसा तिवारी, डा.ललित दास, एनेष्थेरियामा डा. आरती राई, डा.शुसिल तामाङ तथा नर्सहरु बिनिता उप्रेती र अनिता सहभागी हुनुहुन्थ्यो । प्राविधिक सहयोगका लागि भारतबाट डा. शलिन अग्रवालको नेतृत्वमा ५ जनाको टिम आउनुभएको थियो ।
यो सँगै नेपालका तीनवट अस्पतालमा गरेर १२ जनामा कलेज प्रत्यारोपण भएको छ। केन्द्रमा ६, त्रिवि शिक्षण अस्पतालमा ५ र चितवनस्थित चितवन मेडिकल कलेजमा १ गरी १२ जनामा प्रत्यारोपण भएको हो।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

