
जनस्वास्थ्य सरोकार, काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा बढ्दै गइरहेको छ ।
केही समययता कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतका विभिन्न स्थानमा लकडाउन र रात्रिकालीन कर्फ्यू गरिएको छ । भारतको महाराष्ट्रमा एकदिनमा अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन् ।
कोरोना संक्रमित धेरै फेला परेपछि आजदेखि त्यहाँको सरकारले रात्रिकालीन कर्फ्यू र सप्ताहन्तमा लकडाउन घोषणा गरेको छ। मुख्यमन्त्री उद्धव ठाक्रेले बैठक राखी आजदेखि लागु हुनेगरी रात्रिकालीन कर्फ्यू र सप्ताहन्तमा लकडाउन घोषणा गरेका हुन् ।
भारतमा पछिल्लो २४ घण्टामा एक लाख ३ हजार ७ सय ९३ जना कोरोना संक्रमित फेला परेका छन् । यसअघि शनिबार भारतमा ९२ हजार ९९४ जना संक्रमित फेला परेका थिए । हालसम्म भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड २५ लाख ८७ हजार ९ सय २० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ४ सय ७७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार १ सय ३२ जना पुगेको छ । यस्तै भारतमा १ करोड १६ लाख ७९ हजार ९ सय ५८ संक्रमणमुक्त भएका छन् ।
भारतको महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा पछिल्लो समय कोरोना संक्रमण फैलिएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

