
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकासहितका शहरहरुमा फेरि वायु प्रदूषण बढेको छ। केही दिन सुधार आए पनि फेरि वायु प्रदूषण बढेको हो।
सोमबार बिहान काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा १ नम्बरमा परेको छ। काठमाडौंको वायु प्रदूषण ३०९ एक्युआई मापन भएको छ। जुन स्वास्थ्यका लागि हानिकारक हो।
एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण मानिन्छ । ३ सयभन्दा माथि जानु चाहिँ घातक हो ।
तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अुनरोध गरेको छ । दिउँसो थोरै घाम लागे पनि तुवाँलो पूरै हट्ने विभागको अनुमान छ ।
यस्तै‚ चितवनको सौरहा र कैलालीको धनगढीमा पनि वायुको गुणस्तर ३०० भन्दामाथि रहेको छ। काठमाडौंमा अहिले बिहान तुवाँले ढाकेको छ। घाम लाग्न सकेको छैन। काठमाडौंको भिजिबिलिटी १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद मीनकुमार अर्यालले जानकारी दिनुभयो ।
यसअघि करिब एक सातासम्म तुवाँलोले आकाश ढाकेको थियो। तुवाँलो लाग्नुको प्रमुख कारण देशका विभिन्न भेगमा लागिरहेका डढेलो रहेको बताइएको महाशाखाले बताएको छ। वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार विगत २४ घण्टायता देशका ७०० भन्दा बढी स्थानमा डढेलो र आगलागी भएका छन्।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

