
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं प्रवेश गर्ने प्रत्येक नाकामा अब कोभिड-१९ को एन्टीजेन परीक्षण हुने भएको छ। काठमाडौँ जिल्ला कोभिड-१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी) को सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।
डीसीसीएमसीले काठमाडौँ प्रवेश गर्ने नाकाहरुमा स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न आवश्यक हेल्थ डेस्कको व्यवस्था गर्न मातहतका नगरपालिकालाई निर्देशन दिएको छ । परीक्षणक लागि आवश्यक पर्ने सामाग्री भने जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराउने जनाएको छ ।
त्यस्तै एन्टीजेन परीक्षणमा नेगेटिभ देखिएपनि लक्षण देखिएमा भने पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिने बैठकले निर्णय गरेको छ।
प्रत्येक नगरपालिका र महानगरपालिकाले एक एक वटा आइसोलेसन र क्वारेन्टाइन सञ्चालन गर्न र पहिले संचालनमा आएकालाई पुनःसंचालनमा ल्याउने समेत निर्णय भएको छ।
स्वास्थ्य कार्यालय, नगरपालिका, सुरक्षा निकाय लगायतलाई कोभिड सम्बन्धी जनचेतना प्रचार प्रसार र सरकारको स्वास्थ्य मापदण्ड पालना नगरे कारबाही गर्ने समेत निर्णय गरिएको छ।
त्यस्तै सार्वजनिक स्थानमा गरिने कार्यक्रम स्थगित गर्ने र गर्नैपर्ने कार्यक्रमहरुलाई सरकारको मापदण्ड पालना गरेर गर्नुपर्ने निर्णय गरेको छ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

