
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । बितेका २४ घण्टामा देशभर २ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या सोमबारको तुलनामा १ सय भन्दा बढी हो । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित छन्।
सो अवधिमा १ सय २ जना कोरोना संक्रमणमुक्त भएका छन । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ३ सय ४२ जना पुगेको मन्त्रालयले जनाएको छ। २४ घण्टाको अवधिमा ४ जना कोभिड संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३६ पुगेको छ । देशभर सङ्क्रमण बढेकाले काठमाडौं प्रवेश गर्ने प्रत्येक नाकामा अबदेखि कोभिड १९ को एन्टीजेन परीक्षण हुने भएको छ।
आज काठमाडौँ जिल्ला कोभिड १९ नियन्त्रण तथा रोकथाम समितिको बैठकले परीक्षणको लागि प्रत्येक नगरपालिकाले डेस्क राख्ने निर्णय गरेको हो। परीक्षणको लागि आवश्यक पर्ने सामाग्री भने जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराउने भएको छ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

