
जनस्वास्थ्य सरोकार, कटारी । उदयपुरको कटारी नगरपालिकाले नगरका सबै वडाका महिलाको पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याको स्वास्थ्य परीक्षण सुरु गरेको छ ।
नगरपालिका उपमेयर भीमकुमारी राउतका अनुसार नगरका १४ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी महिलाको पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्या भए(नभएको पत्ता लगाउन शिविर चलाइनेछ ।
नगरपालिकाको आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरी शिविर सुरु गरिएको उपमेयर राउतले बताइन् । शिविरमा स्वास्थ्य परीक्षण गर्न कटारी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। राजकुमार गजमेरको नेतृत्वमा स्वास्थ्यकर्मी खटिएका छन् ।
परीक्षणबाट गम्भीर खाले क्यान्सर तथा आङ खस्ने समस्या देखिए नगरपालिकाले समन्वय गरी उपचारमा सघाउने उपमेयर राउतले जानकारी दिइन् । ‘अवस्था हेरेर उपचारमा सहयोग गर्नेछौँ’, राउतले भनिन्, ‘पछिल्लो समय महिलालाई यो रोगले सताइरहेको छ ।’
उपमेयर राउत आफैं शिविरमा खटिएकी छन् । मंगलबार १० नम्बर र बुधबार ९ नम्बर वडामा शिविर सम्पन्न भइसकेको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

