
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएपछि भारतको दिल्लीमा रात्रिकालीन कर्फ्यू लगाइएको छ ।
नयाँ दिल्लीमा अप्रिल ३१ सम्म लागु हुने गरी रात्रिकालीन कर्फ्युको घोषणा गरिएको हो । कर्फ्यू राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि गरिने भारतिय मिडियामा जनाइएको छ ।
दिल्लीमा सोमबार माध ३५ सय ४८ जनामा कोरोना संक्रमण भएको थियो भने १५ जनाले ज्यान गुमाएका थिए । यससँगै दिल्लीमा मात्र हालसम्म ६ लाख ७९ हजार बढी कोरोना संक्रमित पुगिसकेका छन् भने १४ हजार ५ सय बढीको ज्यान गइसकेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ५ सय जना कोरोना संक्रमित फेला परेका छन् । यसअघि आइतबार भारतमा एक लाख ३ हजार ७ सय ९३ जना संक्रमित फेला परेका थिए । हालसम्म भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड २६ लाख ८४ हजार ४ सय पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ४ सय ४५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ५७७ जना पुगेको छ । यस्तै भारतमा १ करोड १७ लाख ३० हजार संक्रमणमुक्त भएका छन् ।
भारतको महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा पछिल्लो समय कोरोना संक्रमण फैलिएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

