जनस्वास्थ्य सरोकार । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२ सोमबारदेखि बेलायतमा लाग्दै आएको लकडाउनमा केही सहज बनाइने बताउनुभएको छ ।
उहाँका अनुसार लन्डनमा आगामी सोमबारदेखि होटल, रेष्टुरेन्ट, पब र बारहरु खुल्ने भएका छन् । त्यसैगरी जिमखाना, पार्कहरु, चिडियाखाना, पुस्तकालयहरु र सामुदायिक केन्द्रहरु पनि खुला गरिने भएको छ ।
आगामी सोमबारदेखि आवश्यकताका अरु कार्यालयहरु र सेवा क्षेत्र पनि खुला रहने बताइएको छ । प्रधानमन्त्री जोन्सनले सोमबारबाट बेलायत सरकारले दुई किसिमको रोडम्याप बनाएर अघि बढ्ने भएको जानकारी दिनुभएको हो ।
बेलायतमा कोरोना महामारीको दोस्रो वेभका साथ साथै पछिल्लो समयमा यो महामारीको नयाँ प्रजातिको संक्रमण पनि फैलिएकाले महिना दिनभन्दा लामो समयदेखि यहाँको सरकारले लकडाउन नै गरेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३ट्रेन्डिङ

