
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमण तथा अन्य संक्रामक रोगहरुलाई लक्षित गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अत्याधुनिक सेवासहितको सघन उपचार कक्ष (आईसीयू) सेवा सुरु भएको छ ।
मंगलबार त्रिवि शिक्षण अस्पतालमा आयोजित उद्घाटन कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा। डा। धर्मकान्त बास्कोटाले आईसीयू भवनको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै उपकुलपति बास्कोटाले आइसीयू भवनलाई पूर्ण रुपमा संचालनमा ल्याउन अवश्यक पर्ने श्रोत साधनको छिटै व्यवस्थापन गरिने बताउनुभयो ।
करिब पौने ६ करोडको लागतमा बनेको आईसीयू भवनमा १२ शैय्या रहेका छन् । शैय्यालाई छुट्टै क्याबिन बनाइएको छ । जसमा आधुनिक मोनिटर तथा उपकरणहरु जडान गरिएका छन् । क्याबिनभित्र रहेका बिरामीमा भएको संक्रमण स्वास्थ्यकर्मीहरुमा नसरोस् भनेर नेगेटिभ प्रेसर र छुट्टै क्युबिकल्सहरु जडान गरिएका छन ।
यस्तो आधुनिक आइसीयू नेपालमा पहिलोपटक संचालनमा अएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा निर्माण गरिएको आइसीयूमा रहेका शैय्या विद्युतद्वारा संचालित छन् । बिरामीले पन्ध्र सयमा आईसीयू सेवा लिन सक्ने अस्पताल प्रशासनले जानकारी दिएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

