
जनस्वास्थ्य सरोकार, काठमाडौँ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन एक्सपर्ट विधिबाट पनि कोरोना परीक्षण हुने भएको छ। यो सेवा बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म उपलब्ध हुने छ ।
प्रयोगशालाले आज एक सुचना जारी गर्दै छिटो रिपोर्ट चाहिनेहरुका लागि यो विधिबाट कोरोना परीक्षण सेवा सुरु गरेको जनाएको छ ।यो विधिबाट परीक्षण गरिएको नमुनाको रिपोर्ट तीन घण्टामा आउने छ।
प्रयोगशालाले जारी गरेको सूचनामा भनिएको छ-'यो सेवाको प्राप्तिका लागि तुरुन्त उपचार गर्नुपर्ने अवस्था भनि चिकित्सक तथा अस्पतालको सिफारिस अनिवार्य हुनेछ।' यो विधिबाट परीक्षण गर्दा एक हजार शुल्क लाग्ने छ।
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


