जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार १ सय जनाको पीसीआर परीक्षण गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएकोमा ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १३२, ललितपुरमा २६ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको छ ।
आज देशभर २ हजार २०१ सक्रिय संक्रमित रहेका छन् । ६५ जना आइसीयू र १३ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । आज ७४ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् ।
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


