जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार ६ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार एक सय पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७९ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७३ हजार ६ सय आठ पुगेको छ । अहिले देशभर दुई हजार चार सय ५४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण तीन हजार ३८ जनाले ज्यान गुमाएका छन् ।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हस्पिटल अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


