जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्था बन्द गर्न कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) लाई सिफारिस गरेको छ । नयाँ प्रजातिको भाइरस तीव्र गतिमा फैलिन थालेको भन्दै मन्त्रालयले सो सिफारिस गरेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार, विद्यालय उमेर समूहका बालबालिकामा संक्रमण बढ्दै गएको पाइएको छ । शैक्षिक क्षेत्र कोरोनाको हटस्पट हुने देखिएकाले तत्काल बन्द गरी अनलाइन पठनपाठनलाई नियमित गर्नुपर्ने उहाँको भनाइ छ ।
हाल ८ चैत्रयता दुई सयभन्दा बढी बालबालिका संक्रमित भइसकेको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


