जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २८८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार १२७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ७३५ पुगेको छ।
हाल देशभर २ हजार ६ सय १५ जना सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा ४ हजार ७१ पीसीआर परीक्षण भएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३८ पुगेको छ।
काठमाडौँ उपत्यकामा शुक्रबार थप १२९ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका ११७, ललितपुरका ९ तथा भक्तपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो।
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


