जनस्वास्थ्य सरोकार, काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहरको संक्रमण निकै आक्रामक बन्दै गएको छ । भारतमा शनिबार एकैदिन १ लाख ५२ हजार ६ सय ८२ जना संक्रमित भए । दोस्रो लहर शुरुभएपछिको यति धेरै संक्रमित पहिचान भएको यो पहिलो घटना हो । संक्रमित व्यक्तिमध्ये ८३८ जनाको निधन भएको छ ।
दिल्लीमा कोरोना संक्रमणको बढ्दो मामिलाका कारण नयाँ प्रतिबन्धको घोषणा गरिएको छ । यो ३० अप्रिलसम्म लागू हुनेछ । दिल्लीमा अब अन्तिम संस्कारमा अधिकतम २० र विवाह समारोहमा ५० जना मात्रै समावेश हुन सक्छन् ।
रेष्टुरेन्ट र बारले पनि अब आफ्नो सिटिङ क्यापेसिटीको ५० प्रतिशत क्षमतासहित काम गर्नेछन् । मेट्रोमा पनि एक कोचमा सिटिङ क्यापसिटीको ५० प्रतिशत मात्रै यात्रा गर्न पाउनेछन् । बसमा पनि एक समयमा ५० प्रतिशत क्षमताका साथै यात्रीले यात्राले गर्न सक्नेछन् । सिनेमा, थिएटर र मल्टिीप्लेक्स पनि ५० प्रतिशत क्षमतासहित चल्न पाउनेछन् ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

